प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण : विमलेन्द्र निधि « Khabarhub

प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण : विमलेन्द्र निधि


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको  जति चर्चा गरे पनि अपुरो हुने बताएका छन् । 

पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित कार्यक्रममा उनले पाठकले लोकतन्त्र, न्याय र अधिकारका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए। 

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामसरोज यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, वडा नं १३ का अध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नेता रामप्रसाद पजियारलगायतले पाठकको योगदानबारे आफ्नो विचार व्यक्त गरे। 

त्यस अवसरमा कार्यक्रमस्थलमा रहेको स्व पाठकको शालिकमा माल्यार्पण गरिएको थियो। विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने क्रममा भएको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको वक्ताहरूको भनाइ थियो । 
 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : १५ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली