प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण : विमलेन्द्र निधि « Khabarhub

प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण : विमलेन्द्र निधि


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको  जति चर्चा गरे पनि अपुरो हुने बताएका छन् । 

पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित कार्यक्रममा उनले पाठकले लोकतन्त्र, न्याय र अधिकारका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए। 

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामसरोज यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, वडा नं १३ का अध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नेता रामप्रसाद पजियारलगायतले पाठकको योगदानबारे आफ्नो विचार व्यक्त गरे। 

त्यस अवसरमा कार्यक्रमस्थलमा रहेको स्व पाठकको शालिकमा माल्यार्पण गरिएको थियो। विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने क्रममा भएको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको वक्ताहरूको भनाइ थियो । 
 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : १५ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि