विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । समूह ‘डी’ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले ५७ रनको जित निकालेको हो ।

टस जितेर क्यानडाले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा २१३ रन बनाएको थियो । २१४ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा मात्र १५६ रन बनाउन सक्यो ।

क्यानडाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान एडन मार्करमले अर्धशतक बनाए । उनले ३२ बलको सामना गर्दा आक्रामक ब्याटिङ गर्दै १० चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका हुन् । क्यानडाका लागि अंश पटेलले तीन विकेट लिएँ ।

२१४ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि नवनीत धालिवालले अर्धशतक बनाए । ४९ बल खेल्दा ७ चौका र एक छक्काको मद्दतमा उनले ६४ रन बनाएका हुन् । क्यानडालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले सर्वाधिक चार विकेट हात पारे ।

विश्वकपमा समूह डीबाट दक्षिण अफ्रिका र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन्।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : १६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री