विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने « Khabarhub

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कारबाहीबाट जोगिएको छ।

सन् २०२६ को टी-२० विश्वकप खेल्न अस्वीकार गर्दै प्रतियोगितामा सहभागी नभएको बंगलादेशलाई आईसीसीले कुनै पनि प्रकारको कारबाही नगर्ने भएको हो।

राजनीतिक तनावका कारण प्रतियोगितामा सहभागी नहुने निर्णय लिएको भन्दै आईसीसीले वित्तीय र प्रशासनिक दण्ड नदिने निर्णय लिएको हो।

राजनीतिक विवादका कारण बंगलादेशले आफ्नो क्रिकेट टिमलाई विश्वकप खेल्न भारत नपठाउने निर्णय गरेको थियो। बंगलादेशले सबै खेल श्रीलंकामा सार्न गरेको प्रस्ताव अस्वीकार गरेपछि बंगलादेशले विश्वकप नै बहिष्कार गरेको हो।

आईसीसीले विज्ञप्ति सार्वजनिक गर्दै बंगलादेशलाई कारबाही नगरी अर्को आईसीसी प्रतियोगिताको आयोजना गर्ने सहमति दिएको छ।

आईसीसीका अनुसार सन् २०३१ को एकदिवसीय विश्वपको सहआयोजक बंगलादेशले अब त्यस अगाडि ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाउने छ। आईसीसीका प्रमुख कार्यकारी सञ्जोग गुप्ताले विश्वकपमा बंगलादेशको अनुपस्थिति दुःखद् भए पनि यसले दीर्घकालीन सम्बन्धमा असर नगर्ने प्रष्ट पारेका छन्।

यता पाकिस्तानलेसमेत सोमबार भारतसँग विश्वकपमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ। भारतसँगको खेल अस्वीकार गरेको १० दिनपछि पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्ने निर्णय लिएको हो।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : ४४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री