निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह « Khabarhub

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ ।

आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले आगामी फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गराउनका लागि आचारसंहिता पालना गर्न ध्यानाकर्षण गरिएको बताए ।

‘हामीले कार्यक्रम गर्न रोक लगाएका छैनौँ’, उनले भने, ‘तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि पहिरन तथा स्टिकर, लोगो, झोला, ब्याचजस्ता साङ्केतिक सामग्री प्रदर्शन गर्न पाइँदैन ।’

यसअघि विभिन्न जिल्लामा भएको सभापति लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा कार्यकर्ताहरू घण्टी बोकेर बजाउँदै ब्याच लगाएर हिँडेका श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा देखिएको थियो ।

निर्वाचन आचारसंहिताविरुद्धका गतिविधि उम्मेदवार वा अन्य कुनै पनि व्यक्तिले गर्न नहुने जनाउँदै सचेत बनाउन ध्यानाकर्षण गरिएको अनुगमन अधिकृत भण्डारीको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागू भई परिपालना सम्बन्धमा २०८२ साल माघ १४ गते सूचनासमेत जारी भएको उनले बताए ।

निर्वाचन आचारसंहिता २०८२ परिपालन सम्बन्धमा जारी गरिएको ध्यानाकर्षणपत्रका भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुनेगरी निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : ४६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद