कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा « Khabarhub

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । आज (मंगलबार) सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका हुन् ।

उनले भने, ‘तपाइहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाईलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु।’

सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे।

‘काग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला’, उनले भने, ‘मैले तपाइहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ ।’

उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १० : २४ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह