दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ « Khabarhub

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना पक्राउ परेका छन् ।

महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्यापछि तीनजना समातिएका हुन् ।

महाकाली नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्तीको शव स्थानीय एउटा होटल पछाडि भेटिएको थियो।

उनलाई चक्कु प्रहार गरि हत्या गरिएको हुन सक्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले बताए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

हत्यामा संलग्न भएको आशंकामा महाकाली नगरपालिका-४ बस्ने दीपिका फर्सवान, मानमति आउजी र प्रेम बहादुर बोहरा समातिएका हुन् ।

अहिले घर्तीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनको टाउकोमा धारिलो हतियार प्रहार गरेर गहिरो चोट लागेको देखिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : २० बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित