ओलीले भने : मतदाताको भावना भड्काएर होइन, तथ्य देखाएर भोट मागौँ « Khabarhub

ओलीले भने : मतदाताको भावना भड्काएर होइन, तथ्य देखाएर भोट मागौँ


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका क्रममा भावना उत्तेजित गर्नेभन्दा पनि तथ्य र संवादमार्फत् मत माग्न पार्टीका उम्मेदवार र प्रचारकहरूलाई आग्रह गरेका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै देशभर चुनावी मैदानमा रहेका नेकपा एमालेका उम्मेदवार तथा प्रचारकहरूलाई मतदातासामु पार्टीले गरेका कामहरूको स्पष्ट विवरण प्रस्तुत गर्न आग्रह गरेका हुन्।

उनले मतदाताका प्रश्न धैर्यपूर्वक सुन्न र जवाफ दिनु परिपक्व लोकतन्त्रको आधार भएको उल्लेख गरेका छन्।

‘एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो,’ ओलीले लेखेका छन्, ‘परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्छ।’

उनले मतदातालाई बहकाउने शैलीको विरोध गर्दै कामको हिसाब सुनाएर मत माग्नुपर्ने धारणा राखेका छन्।

मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’भित्र सीमित गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले उम्मेदवारसँग प्रत्यक्ष संवाद, प्रश्न गर्ने अवसर र सत्य छुट्याएर मतदान गर्ने वातावरण आवश्यक रहेको बताएका छन्।

ओलीले लेखेका छन्, ‘साइको थ्रेटले भन्छ – चुपचाप छाप। स्वस्थ निर्वाचन संस्कृतिले भन्छ – आँखा जुधाएर विमर्श र निर्णय।’

उनले पार्टीको आह्वान दोहोर्‍याउँदै ‘चुपचाप छाप होइन, सोचीविचारी छाप’ र ‘आँखा खोलेर भविष्य निर्माण’ गर्नुपर्ने सन्देश दिएका छन्।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ३३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको