थप पतनको बाटोतिर नेपालका कम्युनिस्ट, इतिहासको कुनामा सीमित हुने डर « Khabarhub

थप पतनको बाटोतिर नेपालका कम्युनिस्ट, इतिहासको कुनामा सीमित हुने डर



काठमाडौं– ०४६ सालको आन्दोलपछि नेपाली राजनीतिमा निरन्तर बलियो उपस्थिति देखाएका नेपालका कम्युनिस्ट पार्टीहरू पछिल्लो निर्वाचनसँगै अस्तित्वकै संकटमा परेका छन् ।


पार्टी नीति र नेतृत्वकै कारण नेपालका कम्युनिस्टहरूको आगामी दिनमा अझै क्षयीकरण हुने आंकलन छ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कूल १०९ सिटमध्ये नेपाल कम्युनिस्ट पार्टीले जम्मा ४ सिटमा जित निकालेको थियो, जतिबेला नेपाली कांग्रेसले दुईतिहाइ अर्थात् ७४ सिटमा विजय हासिल गरेको थियो ।

तर, पञ्चायती व्यवस्थाको अन्त्यपछि एकैपटक नेपालमा कम्युनिस्ट नामका पार्टीहरूको मत कांग्रेससँग प्रतिस्पर्धा गर्नेगरी विकास भएको देखिन्छ ।

०४८ सालमा भएको आम निर्वाचनमा २०५ सिटमध्ये कम्युनिस्ट घटकहरूमध्ये नेकपा (एमाले) ले ६९, संयुक्त जनमोर्चाले ९ र नेपाल मजुदर किसान पार्टीले २ सिटमा विजय हासिल गरेका थिए ।

०५१ सालमा भएको मध्यावधी निर्वाचनमा एमालेले ८८ सिट सहित आफूलाई सबैभन्दा ठूलो पार्टीको रूपमा उभ्याएको थियो भने नेपाल मजदुर किसान पार्टीले ४ सिटमा जित हासिल गरेको थियो ।


०४७ सालको संविधानअन्तर्गत भएको अन्तिम अर्थात् ०५६ सालको निर्वाचनमा एमालेले ७१, राष्ट्रिय जनमार्चाले ५, नेपाल मजदुर किसान पार्टीले १ र संयुक्त जनमोर्चाले १ सिटमा विजय हासिल गरे।

माओवादी नेतृत्वको १० वर्षे सशस्त्र युद्ध र ०६२/६३ को १९ दिने आन्दोलनपछि ०६४ चैतमा भएको ६०१ सदस्यीय संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)ले २२०, एमालेले १०३, नेकपा (माले)ले ८, जनमोर्चा नेपालले ५, नेकपा संयुक्तले ५, राष्ट्रिय जनमोर्चाले ३ र नेपाल मजदुर किसान पार्टीले २ सिटमा जित निकाले ।

उक्त निर्वाचनपश्चात् संविधानसभामा कम्युनिस्ट पार्टीहरूको दबदबा बढेको थियो । तर, कम्युनिस्टहरूको बेमेल र विभाजनले गर्दा कम्युनिस्टले प्राप्त गरेको मतले कुनै नतिजा दिन सकेन ।

त्यसपछि पुनः ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको अंक एकैपटक खुम्चिएर ८० सिटमा सीमित भएको थियो ।

तर, एमालेले भने आफ्नो आकार बढाएर १७५, मालेले ५, मजदुर किसान पार्टी ४, राष्ट्रिय जनमोर्चाले ३ र नेकपा संयुक्तले ३ सिटमा जित हासिल गरेका थिए ।

उक्त संविधानसभामा कम्युनिस्ट पार्टीहरूको वर्चस्व अघिल्लो निर्वाचनको तुलनामा घटेको थियो ।

०७२ सालको संविधानपश्चात ०७४ सालमा वाममोर्चा नै बनेर ठूला कम्युनिस्ट पार्टी मिलेर चुनाव लड्दा झण्डै दुईतिहाइ हासिल गरे भने ०७९ सालमा भएको निर्वाचनबाट पनि संसदमा कम्युनिस्ट नामका पार्टीहरूको बाहुल्यता थियो ।

तर, यसपटक फागुन २१ मा भएको निर्वाचनले भने कम्युनिस्ट नाम भएका साना पार्टीलाई क्लिन स्वीप गरिदिएको छ भने एमाले र नेकपामात्रै झिनो अस्तित्वमा आउन सफल भएका छन् ।


विशेषगरी सहरी मतदाताले कम्युनिस्टलाई मन नपराएको मत परिणामले देखाएको छ । ०१५ सालमा नेपालमा झिनो उपस्थिति देखाएको कम्युनिस्ट पार्टी फेरि झण्डै त्यही अवस्था वरिपरिको अवस्थामा पुग्न खोजेको संकेत पनि पछिल्लो निर्वाचनको परिणामले देखाएको छ ।

कम्युनिस्ट नेतृत्वले दिएन सुध्रिन संकेत

पछिल्लो सर्मनाक हारसँगै फेरि पनि कम्युनिस्ट नामका विभिन्न पार्टीको नेतृत्व गरेका व्यक्तिहरूले आफूहरू समायनुकूल सच्चिने संकेत देखाएका छैनन् ।

चुनावी मतपरिणामपछि एमालेमा धरै नेतृत्व तहदेखि कार्यकर्तासम्मले पार्टी नेतृत्व परिवर्तन गर्ने बहस सुरू गरिसकेका छन् । तर, अध्यक्ष केपी ओलीले भने राज्यसत्ताच्युतदेखि चुनावी परिणामलाई स्वीकार गरेर नेतृत्व छाड्ने संकेत देखाएका छैनन् ।

बरू उनीनिकटका पार्टी सचिव महेश बस्नेतले भर्खरै पार्टी महाधिवेशन सम्पन्न भएकाले नेतृत्व परिवर्नतको विषय सही नभएको प्रतिक्रिया दिइसकेका छन् ।

त्यस्तै, अर्का नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आत्मसमीक्षा र रूपान्तरणको कुनै संकेत दिएका छैनन् ।

बरु उनले देशैभरीबाट पार्टीले सर्मनाक हार व्यहोर्दा आफूले रुकुमपूर्वबाट जित हासिल गरेर जुलुस नै निकाले । त्यतिमात्रै होइन उनले अरु रास्वापालाई लक्षित गर्दै आफूहरूको शक्तिलाई कम नआँक्नसमेत चुनौती दिए ।

आफ्नै परम्परामा रमाउँदै आएका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा जस्ता दलहरू झन समसामयिक ढंगले आफूलाई विकास गर्ने कुनै सम्भावना नै देखिँदैन ।

पछिल्लो निर्वाचनमा सहभागी भएका नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले पनि आफ्नो सर्मनाक हारलाई एउटा मोर्चाको रूपमा मात्र परिभाषित गर्दै सच्चिने संकेत देखाएको छैन ।

आममतदाताले परम्परागत वा विगतको कार्यशैलीका कम्युनिस्ट पार्टी अस्वीकार गर्दै गइरहेको सन्दर्भमा पछिल्लो मतपरिणाम पछि अब बन्ने सरकारले वास्तवमा सुशासन र समृद्धिको दिशामा राम्रो सुरुवात गर्न सके कम्युनिस्ट शक्ति इतिहासको कुनामा सीमित हुन सक्छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ३ : ३९ बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन