समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो « Khabarhub

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको मतपरिणामअनुसार दलहरूको सिट करिब करिब टुंगो लागेको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। मंगलबार साँझ साढे ६ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही दलको सिट संख्यामा सामान्य हेरफेर भएको छ।

ताजा विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको मत प्रतिशत घटेर ४७.९० पुगेको छ। यससँगै रास्वपाको समानुपातिक सिट संख्या ५८ बाट घटेर ५७ मा झरेको छ।

रास्वपाबाट घटेको उक्त सिट नेपाली कांग्रेसतर्फ गएको छ। यसअघि १९ सिट रहेको कांग्रेस अब २० सिटमा पुगेको छ। अन्य दलहरूको सिट संख्या भने यथावत् रहेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ कुल १ करोड ५ लाख ५९ हजार ७ सय ४७ मत गणना भइसकेको छ।

जसमध्ये रास्वपाले ५० लाख ५९ हजार १ सय २८ मत प्राप्त गरेको छ। कांग्रेसले १७ लाख १६ हजार ५ सय ७५, नेकपा एमालेले १४ लाख ३० हजार ८ सय ५८, नेकपाले ७ लाख ८१ हजार ३ सय ४० मत प्राप्त गरेका छन्।

यस्तै पहिलो चुनावमै राष्ट्रिय दल भएको श्रम संस्कृति पार्टीले ३ लाख ६९ हजार ४ सय ७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २७ हजार १ सय ४५ मत प्राप्त गरेका छन्।

यस अद्यावधिकसँगै रास्वपा अब दुईतिहाइ बहुमतबाट अब दुई सिट टाढा छ। आयोगका अनुसार अन्तिम ११० औँ सिटका लागि कांग्रेस र रास्वपाबीच झिनो प्रतिस्पर्धा देखिएको थियो। कांग्रेसको भागफल रास्वपाको भन्दा २९.६५ ले बढी भएकाले उक्त सिट कांग्रेसले प्राप्त गरेको हो।

यद्यपि आगामी मत अद्यावधिकमा रास्वपाको मत संख्या बढेमा उक्त सिट फेरि रास्वपातर्फ जान सक्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : ०९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन