घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण « Khabarhub

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ संकलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो ।

सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१-८२ का लागि प्राप्त विशेष अनुदानबाट ५९ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको फलफूल भण्डारण गर्ने चिस्यान गृह निर्माण गरिएको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमले जानकारी दिए । ठिनी गाउँमा १० मेट्रिक टन क्षमताका तीन चिस्यान गृह निर्माण गरिएका हुन् । 

घरपझोङ गाउँपालिका–५ का वडाध्यक्ष प्रदीप थकालीका अनुसार ठिनी गाउँमा उत्पादित स्याउ संकलन गरी चिस्यान गृहमा राख्न सहकारीमार्फत प्रस्ताव पेस गरी काम सम्पन्न गरिएको हो । स्थानीय किसानले उत्पादन गरेको स्याउ संकलन गरी चिस्यान गृहमा राखिनेछ ।

मुस्ताङको स्याउ बजारीकरणमा खासै समस्या नभए पनि यहाँ आउने पर्यटकलाई बेमौसममा समेत स्याउको स्वाद चखाउन तथा चिस्यान गृहमा राखिएको ताजा स्याउलाई कोसेलीका रूपमा बिक्री गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । फल्ने समय बाहेकमा पनि स्याउ ताजा र महँगो मूल्यमा बिक्री गर्न सकिने भएकाले किसानलाई थप लाभ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष थकालीले बताए।

यसअघि सिजनमा स्थानीय तथा बाहिरी व्यापारीले स्याउ खरिद गरी सिधै बजार पुर्याउने गर्दा सिजनबाहेक अन्य समयमा पर्यटकले स्याउको स्वाद चाख्न पाउँदैनथे । अब चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँमा उत्पादित स्याउ बेमौसममा पनि उपलब्ध हुने उनको भनाइ छ । 

चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँका करिब १०० किसान प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । साथै, घरपझोङ गाउँपालिकाले स्याउ संकलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ ।  

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ०२ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट