सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू « Khabarhub

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र नेताहरूलाई अनावश्यक रुपमा सिंहदरबार मन्त्रालयमा नधाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकमा सम्बोधनका क्रममा लामिछानेले सांसदहरू र नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

बैठकका क्रममा सभापति लामिछानेले पार्टीका सांसद, केन्द्रीय सदस्यहरूलाई विभिन्न मन्त्रालयहरूमा अनावश्यक उपस्थिति नजनाउन समेत निर्देशन दिएको प्रवक्ता मनिष झाले बताएका छन् ।

‘जनप्रतिनिधि र पार्टीका कार्यकताको समस्या र गुनासो सम्बोधन गर्न पार्टी कार्यालयमा हरेक दिन एकजना केन्द्रीय सदस्य र एकजना सांसदको उपस्थिति गराउँछौँ’, रविको निर्देशनबारे झाले भने, ‘त्यसका लागि नयाँ क्यालेन्डरको सुरुवातसमेत गरिएको छ । त्यहीकारण सांसद र मन्त्रीहरूलाई मन्त्रालयमा अनावश्यक भीड नगर्न भनिएको हो।’

त्यसैगरी बैठकमा सभापति लामिछानेले सांसदहरूलाई कडा निर्देशन दिँदै आफन्त र नातागोताका लागि नियुक्ति खोज्दै नहिँड्न पनि भनेका छन् ।

उनले जेन-जीहरूको बलिदानबाट आफूहरू सत्तामा आइपुगेको बताउँदै त्यो कुरालाई मनमा लिएर मात्रै अघि बढ्न पनि सांसदहरूलाई भनेका छन्। लामिछानेले जेन-जीको त्याग र बलिदान सम्झिएर आफन्त, साथीभाइ र नातागोतालाई नियुक्ति खोज्दै मन्त्रालयतिर नहिँड्न सांसदहरूलाई कडा निर्देशन दिएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको यस बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह पनि सहभागी भए। तर उनले बैठकमा मौन बसेरै समय बिताए ।

यस बैठकले संसद्को वर्खे अधिवेशन अन्त्यपछि आफ्ना निर्वाचन क्षेत्रमा गर्नुपर्ने समन्वय र पहलहरूमा ध्यान केन्द्रित गर्न पनि सांसदहरूलाई निर्देशन दिएका छन् ।

यस बैठकले रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । रामजी यादव र गौरीकुमारी यादवलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सप्तरीबाट निर्वाचित सांसद यादवलाई श्रम तथा महोत्तरीबाट निर्वाचित गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने रास्वपा प्रवक्ता झाले जानकारी दिए ।

त्यसैगरि बैठकले प्रतिनिधिसभा उपसभामुख पदमा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । रुबीको पक्षमा मतदान गर्ने निर्णयसमेत बैठकबाट भएको प्रवक्ता झाले बताएका छन्।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : ५३ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा