काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालत, काठमाडौँले आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र उमेश कोइरालाको संयुक्त इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी यी प्रतिवादीबाट नगद धरौटी १० लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राखी प्रस्तुत मुद्दा पूर्पक्ष गर्नू।’
साहले उदयपुर सिमेन्ट उद्योगको उत्पादन महाशाखा प्रमुख, नायव महाप्रवन्धक र निमित्त महाप्रवन्धकको ओहोदामा बस्दा ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बराबरको राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। आयोगले साहबाट सोही बराबरको विगो दाबी माग गरेको थियो।
त्यही मुद्दामा विशेष अदालतले धरौटी साहलाई धरौटीमा छाड्न आदेश दिएको हो।












प्रतिक्रिया