पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा « Khabarhub

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्ने बताएका छन्।

पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ०८४ मा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो बनाउनेगरी रिब्रान्डिङ गरिने उनको दाबी छ ।

पार्टी सभापतिको हैसियतमा लचक हुँदै सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाइने उनको भनाइ छ ।’सभापतिको जिम्मेवारीमा छु । सबैभन्दा लचक र सबैलाई मिसाउने कोसिस गर्छु । पार्टीलाई मिलाउनु छ । अधिवेशन गर्नुछ,’ उनले भने ।

एकताबद्ध पार्टीकै आधारमा कांग्रेसले स्थानीय र प्रादेशिक चुनावमा पहिलो स्थान हात पार्ने उनले बताए । ‘२०८४ सालमा हुने स्थानीय र प्रदेशको चुनावमा फेरि पहिलो पार्टी बनाउनेगरि हामीले २०८३ मा मेहनत गर्छौैँ, दुख गर्छौँ,’ उनले भने, ‘पार्टीलाई ठिक ठाउँमा लैजान सबैको साथ रहन्छ भन्ने विश्वास छ ।’

चुनावी परिणामका कारण कांग्रेस कमजोर वा रक्षात्मक हुन आवश्यक नरहेको बताए । उनले वैशाखभित्र क्रियाशील सदस्यता सम्बन्धित वडाबाटै अद्यावधिक गर्दै कांग्रेस आईडी लिन सबैलाई आग्रह गरेका छन् ।

वैशाखभित्र अद्यावधिक नगर्नेहरू महाधिवेशनमा समावेश नहुने उनले बताए । ‘वैशाखमा जति संख्यामा अद्यावधिक हुन्छ उहाँहरू नै महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ,’ उनले भने ।

पार्टीलाई एकताबद्ध बनाउन र नियमित महाधिवेशन सम्पन्न गराउनका निम्ति सबैको साथ हुने अपेक्षा थापाले राखेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ११ : ०३ बजे

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र