स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो « Khabarhub

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्  ।  

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा अवरोध गरेर आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका हुन् । 

नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको भन्दै उनले रुष्ट तिनै समूहबाट पालित पोसितबाट सरकारमाथि आक्रमणको भइरहेको शंका रहेको धारणा राखे । 

मन्त्री वाग्लेले संसदमा प्रस्तुत आर्थिक विधेयकमा रहेका त्रुटि सच्चाएपछि सांसदहरूलाई समेत उक्त विधेयकको प्रति उपलब्ध गराइएको जानकारी दिए । आर्थिक विधेयकको पाना नै गायब गरिएको भन्दै जनतालाई छर्न खोजिएको भ्रम धेरै दिन नटिक्ने उनको भनाइ छ । 

उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे । 

सुशासनको विषयमा असाध्यै निर्मम रहेको भन्दै उनले अनुमानका भरमा कर बढ्दै छ भनेर भनेर हतार हतार गाडी भित्राएको हुनसक्ने बताए । बजेट अघि ठूलो संख्यामा विद्युतीय सवारी भित्रँदा राज्यलाई नै फाइदा भएको उनको भनाइ छ ।

उनले करका विषयमा कुनै गडबढी नभएकाले संसदीय छानबिन समिति गठनको माग गर्नु उचित नभएको बताए । बिना कुनै प्रमाण आरोप लगाएको भरमा जथाभावी संसदीय छानबिन गर्न संसद् त्यति सस्तो भयो? भन्दै उनले प्रश्न गरे । 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १२ : ३८ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्