विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक « Khabarhub

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । 

संसद् सचिवालयका महासचिव महाप्रसाद पाण्डेले विज्ञप्ति जारी गरेर बैठक २ बजेका लागि सरेको जानकारी गराए ।

प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले निरन्तर संसद् अवरोध गरिरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिप्रक्षीसँग कुरा गरेर संसद्को अवरोध खुलाउन पहल गरे पनि कुरा मिलेको छैन । 

प्रधानमन्त्रीले लिखित रूपमा पेश गरेको जवाफ परराष्ट्र मन्त्रीले पढेर सुनाउने माग राख्दा पनि रविले परराष्ट्र मन्त्रीले नै जवाफ दिने जानकारी गराएपछि कुरो नमिलेको हो ।

पार्टी सभापति लामिछानेले परराष्ट्रमन्त्री शिशिर खनालले नै जवाफ दिने अडान कायम राख्दा विपक्षीले भने त्यसलाई नमानेपछि सहमति जुट्न सकेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाहले सदनबाट नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसद् बैठकमा १० दिन अगाडिबाट निरन्तर अवरोध भइरहेको छ ।

अहिले पनि प्रतिपक्षी दलसँग पार्टी सभापति लामिछाने निरन्तर संवादमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १ : २२ बजे

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा