‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित « Khabarhub

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन् । गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । 
 
पौवादुङमा गाउँपालिका–३ की किसान लीलामाया सुनारले मिनीटिलर प्राप्त भएपछि खेत जोत्न र अन्य कृषि कार्य गर्न सहज भएको बताइन् । गाउँपालिकाले प्रोत्साहनस्वरुप हातेट्याक्टर दिएपछि न्यून आर्थिक अवस्था भएका किसानलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।

सुनारले भनिन्,’पहिले धेरै मिहिनेत र समय लाग्थ्यो । हाल प्रविधिको प्रयोगले काम छिटो र सजिलो भएको छ । गाउँपालिकाले हातेट्याक्टर दिएपछि खेतीपातीको काम गर्न सहज छ ।’

गाउँपालिकाले किसानलाई लक्षित गरेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ का अर्का किसान जीवन सुब्बाले बताए ।

‘गाउँपालिकाले किसानलाई लक्षित गरेर सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी छ’, उनले भने, ‘किसानको मागका आधारमा कृषियन्त्र दिएसँगै हामी उत्साहित भएका छौँ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले कृषिमा संलग्न किसानलाई प्रविधिमैत्री बनाउन ‘एक घर, एक मिनीटिलर’ अवधारणाअनुसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

‘दुई चरणमा गरी तीन सय ४० वटा मिनीटिलर वितरण गरेका छौँ । यसले परम्परागत खेती प्रणालीलाई आधुनिकतर्फ लैजान सहयोग गर्नेछ’, उनले बताए ।

 गाउँपालिकाले यसअघि कुनै पनि सेवा सुविधा नपाएका किसानलाई प्राथमिकतामा राखेर मिनीटिलर वितरण गरेको जनाएको छ । 

आवेदन दिएका तर यस चरणमा सामग्री प्राप्त गर्न नसकेका किसानलाई आगामी आर्थिक वर्षमा समेट्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

उनका अनुसार मिनीटिलर वितरणसँगै किसानलाई सञ्चालन विधिबारे अभ्याससमेत गराइएको छ । गाउँपालिकाले धेरैको सङ्ख्यामा मिनीटिलर वितरण गरेकाले आगामी दिनमा मर्मतसम्बन्धी तालिमसमेत प्रदान गरिने भट्टराईले जानकारी दिए । 

गाउँपालिका उपाध्यक्ष जोत्सना राईले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन लक्ष्यले अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको बताइन् । वितरण गरिएका सामग्रीको सही सदुपयोगका लागि अनुगमनलाई पनि प्रभावकारी बनाइने उनले जानकारी दिइन् ।
 
गाउँपालिका अध्यक्ष किरण राईले किसानहरूलाई खेती प्रणालीमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले कृषि सामग्री वितरण गरेको बताए । 

किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर विगतका वर्षदेखि नै प्रोत्साहनका विविध कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १ : ४० बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक