चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ « Khabarhub

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चौँरीको पुच्छर फेला परेको हो । 

घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भन्सार छली ल्याइएको चौँरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन । नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । 
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  २ : ४८ बजे

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा