बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट « Khabarhub

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
 
रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् । 

सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिए ।  
 
पीडित किसानलाई ४२ करोड राहत
 
सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब रु ४२ करोड राहत दिने भएको छ । वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा, अन्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागिएको हो ।
 
बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार यसरी पक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ । यसबाहेक प्रभावित क्षेत्रको सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सुरु गर्न पाउने व्यवस्थाले  किसानले थप क्षति व्यहोर्नुपर्ने हुन्छ ।
 
पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार द्रुत कार्य टोलीले तोकिएको ढाँचामा सङ्कलन गरेको क्षति विवरणका आधारमा किसानलाई दिनुपर्ने रकम निर्धारण गरिन्छ । 

विवरणमा टोली र किसानको हस्ताक्षर हुन्छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको जानकारी महानिर्देशक डा दाहालले बताए ।
 
केही  महिनायता काठमाडौँ उपत्यकासहित १० जिल्ला बर्डफ्लुबाट प्रभावित छन् । महानिर्देशक डा दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्डफ्लु पछि  महोत्तरी, बारा, चितवन हुँदै पछि पछिल्लो समय काठमाडौं उपत्यकामा देखिएको हो ।
 
वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले यसको  उपचार नभएकाले र प्रभावित ठाउँका पक्षीलाई नष्ट गर्नु तथा रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु रोकथामको एउटा मात्र उपाय हो । प्रभावित क्षेत्रका पक्षी, अण्डा र दाना  नष्ट गर्नुको कुनै विकल्प नभएको उनको भनाइ छ । 
 
उक्त कार्यका लागि पशु चिकित्सक निरन्तर खटिएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुको ‘हटस्पट’को रुपमा देखा परेको छ । चितवन तथा मुलुकका अन्य भागमा उक्त रोग नियन्त्रणमा आइसकेको उनले बताए । रासस

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ३ : ३८ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा