नेकपाद्वारा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण अस्वीकार « Khabarhub

नेकपाद्वारा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण अस्वीकार


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रवेश हमालले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले जस्तै नेपाल कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री स्वयंले आएर जवाफ दिनुपर्ने माग राखेको छ ।

‘हाम्रो भूमि अतिक्रमित भएको छ । यो विषय उहाँले अभिव्यक्त गर्दा अर्को गम्भीर त्रुटि भयो । हामीले इङ्ग्ल्याण्ड सरकारसँग पनि कुरा गर्छौँ भन्नुभयो । परराष्ट्र मन्त्रीलाई हम्मेहम्मे पर्यो बचाउ गर्न । गम्भीर हुनुपर्ने गम्भीर छ । संसद्को कार्यसूचीभन्दा बाहिर आएर प्रधानमन्त्रीले गल्ती गर्नुभयो,’ उनले भने, ‘परराष्ट्रमन्त्रीज्यूलाई लिखितै पठाइदिएको भए पनि हुन्थ्यो । परराष्ट्र मन्त्रीज्यूले त केवल ढाकछोप गर्न खोज्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सीमाका बीचमा संरचनाहरू निर्माण भएका छन्। तथ्य तथ्याङ्क धेरै छन् । ती सबै कस बोर्डर होल्डिङहरु हुन । तर त्यो विषय नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्ने हो ? स्पष्टीकरणले हाम्रो आत्मा सम्मान र गौरवलाई बचाउन सक्छौँ ? मेरो दलको तर्फबाट परराष्ट्र मन्त्रीको स्पष्टीकरण अस्वीकार गरेको घोषणा गर्दछु ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ५ : ०९ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह