नेकपाद्वारा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण अस्वीकार « Khabarhub

नेकपाद्वारा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण अस्वीकार


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रवेश हमालले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले जस्तै नेपाल कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री स्वयंले आएर जवाफ दिनुपर्ने माग राखेको छ ।

‘हाम्रो भूमि अतिक्रमित भएको छ । यो विषय उहाँले अभिव्यक्त गर्दा अर्को गम्भीर त्रुटि भयो । हामीले इङ्ग्ल्याण्ड सरकारसँग पनि कुरा गर्छौँ भन्नुभयो । परराष्ट्र मन्त्रीलाई हम्मेहम्मे पर्यो बचाउ गर्न । गम्भीर हुनुपर्ने गम्भीर छ । संसद्को कार्यसूचीभन्दा बाहिर आएर प्रधानमन्त्रीले गल्ती गर्नुभयो,’ उनले भने, ‘परराष्ट्रमन्त्रीज्यूलाई लिखितै पठाइदिएको भए पनि हुन्थ्यो । परराष्ट्र मन्त्रीज्यूले त केवल ढाकछोप गर्न खोज्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सीमाका बीचमा संरचनाहरू निर्माण भएका छन्। तथ्य तथ्याङ्क धेरै छन् । ती सबै कस बोर्डर होल्डिङहरु हुन । तर त्यो विषय नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्ने हो ? स्पष्टीकरणले हाम्रो आत्मा सम्मान र गौरवलाई बचाउन सक्छौँ ? मेरो दलको तर्फबाट परराष्ट्र मन्त्रीको स्पष्टीकरण अस्वीकार गरेको घोषणा गर्दछु ।’

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : ०९ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी