वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते « Khabarhub

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कामाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा घटेका प्राकृतिक तथा गैर-प्राकृतिक विपद्का घटनामा परी ९० जनाले ज्यान गुमाएका छन् । 

गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा कुल १ हजार ९ सय ८६ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । विपद्का कारण ५ सय २० जना घाइते भएका छन् भने २ हजार ६ सय १३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । 

लेक लाग्दा सबैभन्दा धेरैको मृत्यु

प्राप्त विवरण अनुसार यो अवधिमा लेक लागेर सबैभन्दा बढी मानवीय क्षति भएको छ । ५० वटा लेक लाग्ने घटनामा परी २० जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका छन् ।

यस्तै, दोस्रो ठूलो क्षतिको कारण आगलागी बनेको छ । ६ सय ८६ स्थानमा भएका आगलागीका घटनामा १५ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् । आगलागीबाट सबैभन्दा बढी ७३६ परिवार प्रभावित भएका छन्। 

त्यस्तै चट्याङका १ सय ५० वटा घटनामा १४ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् । त्यस्तै हावाहुरीका ४ सय २५ वटा घटनामा १३ जनाको मृत्यु र ६१ जना घाइते ९१,२१७ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सर्पदंशका २ सय ३ वटा घटनामा ९ जनाको मृत्यु र १४४ जना घाइते भएका छन् भने जनावर आक्रमणका ८७ वटा घटनामा ७ जनाको मृत्यु र ५२ जना घाइते भएका छन् ।

बाढीका ५४ घटनामा ४ जना र पहिरोका ११२ घटनामा ३ जना गरी मनसुनजन्य विपद्बाट ७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

अन्य विपद्का घटनाहरू डुङ्गा पल्टिँदा २ जना, भारी वर्षाबाट १ जना, वन डढेलोबाट १ जना र हिउँ पहिरोमा परी १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ०७ बजे

किसानलाई मलखाद दिन नसकेको भन्दै प्रभु साहले मागे कृषिमन्त्रीको राजीनामा

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४