पोखराको पर्यटन प्रवर्द्धन गरिँदै « Khabarhub

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिने भएको छ । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको आयोजनामा बिहीबारदेखि सुरु हुने पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत आगामी शनिबार कलकतामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । 

‘नाट्टा’ गण्डकीमा आबद्ध पर्यटन व्यवसायीसहित कलकताका पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक सञ्जालका ‘सेलिब्रेटी’लगायत २२ जना  सहभागि हुनेछन् । 
 
उक्त कार्यक्रममा पर्यटन गतिविधि समेटिएको वृत्तचित्र, प्रवर्द्धनात्मक सामग्री प्रदर्शन एवं वितरण गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले जानकारी दिए । 

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा हवाई उडान सञ्चालनका विषयमा व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफल तथा अन्तरक्रिया गरिने भएको छ । 

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले झण्डै १० करोड जनसङ्ख्या रहेको पश्चिम बङ्गालका बासिन्दालाई लक्षित गरेर कलकतामा पोखराको पर्यटन प्रवर्द्धन गर्न लागिएको बताए । 

‘बिटुबी’ एवं ‘सेल्स मिसन’मा पोखराका पर्यटन व्यवसायीले आकर्षक ‘प्याकेज’सहितको भ्रमण योजना प्रस्तुत गर्ने जनाइएको छ । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार रहेको बताए । 

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली, कलकताजस्ता ठूला सहरमा हवाई उडान सेवा सञ्चालन गर्न सके गण्डकी प्रदेशको पर्यटनले नयाँ फड्को मार्ने प्रमुख लामिछानेले बताए । 

नाट्टा गण्डकीले यसअघि भारतको पटना, बाराणासी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पोखराको पर्यटन प्रवर्द्धनसँगै ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिसकेको छ । 
 
प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वका गन्तव्य स्थलको पहिचान गरी तिनलाई देश विदेशका पर्यटन बजारमा चिनाउन नाट्टा सक्रिय रहँदै आएको छ ।
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : १२ बजे

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक