पहिरोले कर्णाली करिडोर अवरुद्ध « Khabarhub

पहिरोले कर्णाली करिडोर अवरुद्ध


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मान्म– पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो । 

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन उपकरण प्रयोग गर्न नसकिएको उनले बताए  । 

आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि झण्डै तीन किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।

कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । बिरामी, परीक्षार्थी र काम विशेषले हिँडेका यात्रु लालीघाट, रेगिंल, सान्नीगाड र खुलालुमा अलपत्र परेका छन् ।
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ३३ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित