जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी « Khabarhub

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ २० गते राति गोदावरी नगरपालिका–१२, दुरिखेलमा पार्किङ गरी राखिएको प्रमुख कार्यकारी अधिकृतले प्रयोग गर्ने बा २ झ १८७८ नम्बरको सरकारी गाडी चोरी भएको थियो।

चोरी भएको गाडी लुकाइराखेको अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका–१४ ठैब निवासी ३३ वर्षीय श्याम भाइ परियारलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : २२ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्