‘जेन–जी’ आन्दोलन फरार युवक तेस्रो पटक चोरी आरोपमा समातिए « Khabarhub

‘जेन–जी’ आन्दोलन फरार युवक तेस्रो पटक चोरी आरोपमा समातिए


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धादिङ- भक्तपुरस्थित बालसुधार गृहबाट गत भदौ २३ र २४ गते भएको ‘जेन–जेड’ आन्दोलनका क्रममा फरार भएका एक युवक चोरी आरोपमा फेरि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङ निवासी १९ वर्षीय याकुव नेपालीलाई चोरी कसूरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार जेठ २४ गते नेत्रावती डबजोङ गाउँपालिका–४ निवासी मिनबहादुर तामाङको घरमा ताला फुटाई चोरी भएको घटनाको अनुसन्धानका क्रममा नेपालीको संलग्नता खुलेको थियो। घरबाट एक तोला सुनको नौगेडी माला, ३५.३ लाल सुनको माइली तिलहरी तथा १० हजार रुपैयाँ नगद चोरी भएको उजुरी परेको थियो।

स्थानीयवासीले दिएको हुलिया र सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा नेपालीको संलग्नता खुलेपछि प्रहरीले जेठ २५ गते उनको घरमा खानतलासी गरेको थियो।

त्यस क्रममा सुनजस्तो देखिने पहेँलो धातुको नौगेडी नौ थान, औँठी तीन थान, एक थान मोबाइल र नगद चार हजार १०० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाली यसअघि पनि दुई पटक चोरी कसूरमा पक्राउ परेका थिए। २०७८ चैत २१ गते बागलुङमा भएको सुनचाँदी चोरी प्रकरणमा दोषी ठहर भई दुई वर्ष बालसुधार गृहमा राख्ने तथा २३ हजार रुपैयाँ जरिवाना तिर्ने फैसला भएको थियो।

त्यसपछि २०८१ असोज १५ गते सिद्धलेक गाउँपालिकामा भएको चोरी घटनामा पुनः पक्राउ परेका उनीविरुद्ध धादिङ जिल्ला अदालतले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

उक्त सजाय भक्तपुर बालसुधार गृहमा भुक्तान गरिरहेका बेला २०८२ भदौ २५ गते ‘जेन–जेड’ आन्दोलनका क्रममा त्यहाँबाट फरार भएका थिए।

हाल पक्राउ परेका नेपालीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अन्तर्गत चोरी कसूरमा मुद्दा दर्ता गरिएको छ। धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ४१ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा