प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन हर्कको आग्रह « Khabarhub

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन हर्कको आग्रह


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरे । 

बैठकको कार्यसूची सञ्चालन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष राईसहित सो पार्टीका सदस्यले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को २१ (ख) तर्फ ध्यानाकर्षण गराउँदै सभामुखको समय लिएर बोल्न र अमर्यादितरूपमा प्रस्तुत नहुन सभामुख अर्यालले पटकपटक आग्रह गरेका थिए  । 

आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल हुन लाग्दासमेत बैठकमा सो दलका सांसदले लगातार विरोध गरेपछि सभामुख अर्यालले राईलाई बोल्न समय दिएका थिए  ।
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ३९ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित