यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला, सागपात, च्याउ तथा माछालगायत विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १५ रुपैयाँ र टनेल गोलभेँडा २८ रुपैयाँमा कारोबार हुने छ। रातो आलु (लाम्चो) प्रतिकिलो ४७ रुपैयाँ, रातो गोलो आलु ४० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ तोकिएको छ।

अन्य तरकारीतर्फ गाजर (लोकल) १०० रुपैयाँ, गाजर (तराई) ९० रुपैयाँ, बन्दा ५० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो मूला ३२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

समितिले बोडी तने ३५ रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा १४० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमास कोसा १०० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ३५ रुपैयाँ, परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ४० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिन्डी ३५ रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो कायम गरेको छ।

सागपाततर्फ रायोको साग ४० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउमा कन्ये च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

विशेष तरकारी तथा जडीबुटीतर्फ कुरिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकल क्रस काँक्रो ७० रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, चाइनिज नासपाती २७० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लोकल लिची ३०० रुपैयाँ, भारतीय लिची ३५० रुपैयाँ, काँचो नरिवल ७० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ तोकिएको छ।

मसलातर्फ अदुवा २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ५० रुपैयाँ, बुलेट खुर्सानी ३५ रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १२० रुपैयाँ र हरियो धनियाँ ८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यस्तै, माछातर्फ सुकेको माछा १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३०० रुपैयाँमा थोक कारोबार हुने समितिले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ०७ बजे

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको