रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र « Khabarhub

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण तीव्र बनाएको छ। पछिल्ला केही दिनयता भएको आक्रमणले रुसको इन्धन आपूर्ति तथा नौसैनिक क्षमतामा दबाब बढाएको दाबी युक्रेनी पक्षले गरेको छ।

युक्रेनको ड्रोन बलका कमान्डर रोबर्ट ब्रोभ्दी (उपनाम ‘माज्यार’) का अनुसार ६ देखि ९ जुलाईसम्म आजोभ सागर क्षेत्रमा कम्तीमा २५ वटा रुसी जहाजमा आक्रमण गरी आगो लगाइएको छ। युक्रेनी सेनाले भने कुल ३६ वटा जहाज निशानामा परेको दाबी गरेको छ, यद्यपि स्वतन्त्र रूपमा यसको पुष्टि हुन सकेको छैन।

युक्रेनले यी आक्रमणलाई ‘लजिस्टिक्स लकडाउन’ अभियानको हिस्सा बताएको छ। यस अभियानको उद्देश्य क्रिमियातर्फ जाने तथा त्यहाँबाट बाहिरिने रसद, इन्धन र आपूर्ति मार्ग अवरुद्ध गर्नु रहेको युक्रेनी सैन्य अधिकारीहरूको भनाइ छ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोमा नौसैनिक ड्रोनले एउटा रुसी तेल ट्यांकरमा आक्रमण गरेको दृश्य देखिएको छ। युक्रेनका अनुसार आक्रमणमा परेका अधिकांश जहाज रुसको तथाकथित ‘स्याडो फ्लीट’ अर्थात् व्यावसायिक तेल ट्यांकरहरू हुन्।

क्रिमियाको केर्च बन्दरगाह नजिक आजोभ सागर क्षेत्रमा तेल ट्यांकरहरूको आवतजावत सामान्य मानिन्छ, किनभने त्यहाँ तटीय तेल लोडिङ सुविधा रहेको छ। गत महिना पनि युक्रेनले केर्च बन्दरगाहमा आक्रमण गरेको थियो। त्यसपछि सार्वजनिक भएका उपग्रह तस्बिरहरूले उक्त क्षेत्रमा ट्यांकरहरूको संख्या घटेको देखाएका छन्।

रुसको रोस्तोभ क्षेत्रका गभर्नर युरी स्ल्युसारका अनुसार आजोभ सागरको टागानरोग खाडीमा बुधबार दुईवटा खाली तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएको थियो। ती जहाज अझै आगलागीको अवस्थामा रहेको उनले बताएका छन्।

ब्रोभ्दीका अनुसार यसअघि आक्रमणमा परेका दुई ट्यांकरमा टागानरोग क्षेत्रबाट क्रिमियातर्फ लैजाँदै गरिएको करिब ७ हजार टन इन्धन थियो।

बुधबार सार्वजनिक भएको एउटा उपग्रह तस्बिरमा क्रिमियाको तटबाट करिब ४.२ किलोमिटर टाढा रहेको एउटा जहाजबाट ठूलो मात्रामा धुवाँ निस्किरहेको देखिएको छ।

युक्रेनले पछिल्ला साताहरूमा क्रिमियासँग जोडिएको स्थल तथा समुद्री दुवै आपूर्ति मार्गलाई लक्षित गर्दै आक्रमण बढाएको छ। यसलाई रुसको सैन्य रसद कमजोर बनाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ३८ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको