ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो « Khabarhub

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था गरेको छ।

 प्रवेशमा लगाइएको रोकपछि उत्पन्न विवादलाई तत्कालका लागि समाधान गर्न यस्तो व्यवस्था गरिएको हो ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलियाले ठोरी नाकामा भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाउँदै भन्सार कार्यालय सञ्चालन गरी नियमित रूपमा सवारी आवागमनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

त्यसपछि वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीस्थित छोटी भन्सार कार्यालयमा एक जना सुब्बा र एक जना कार्यालय सहयोगी गरी दुई कर्मचारी खटाएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भारतीय सवारीसाधनलाई हाल निःशुल्क अस्थायी प्रवेश पास उपलब्ध गराउन थालिएको छ। उक्त पासका आधारमा भारतीय सवारीसाधन ठोरी क्षेत्रभित्र मात्रै सञ्चालन गर्न पाइनेछ।

उनले दीर्घकालीन व्यवस्थाका लागि मन्त्रालयमा आवश्यक जानकारी पठाइसकिएको र थप निर्णय आएपछि सोहीअनुसार कार्यान्वयन गरिने बताए।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ०४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको