ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो « Khabarhub

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था गरेको छ।

 प्रवेशमा लगाइएको रोकपछि उत्पन्न विवादलाई तत्कालका लागि समाधान गर्न यस्तो व्यवस्था गरिएको हो ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलियाले ठोरी नाकामा भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाउँदै भन्सार कार्यालय सञ्चालन गरी नियमित रूपमा सवारी आवागमनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

त्यसपछि वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीस्थित छोटी भन्सार कार्यालयमा एक जना सुब्बा र एक जना कार्यालय सहयोगी गरी दुई कर्मचारी खटाएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भारतीय सवारीसाधनलाई हाल निःशुल्क अस्थायी प्रवेश पास उपलब्ध गराउन थालिएको छ। उक्त पासका आधारमा भारतीय सवारीसाधन ठोरी क्षेत्रभित्र मात्रै सञ्चालन गर्न पाइनेछ।

उनले दीर्घकालीन व्यवस्थाका लागि मन्त्रालयमा आवश्यक जानकारी पठाइसकिएको र थप निर्णय आएपछि सोहीअनुसार कार्यान्वयन गरिने बताए।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ०४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको