युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु « Khabarhub

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको अल जजिराले गाजाको नागरिक सुरक्षा एजेन्सी र स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

इजरायली ड्रोनले मध्य गाजाको नुसिरात शिविरमा प्रहार गरे पछि दुई जनाको मृत्यु भएको र अन्य चार जनाको यस क्षेत्रका विभिन्न भाग भएको आक्रमणमा परीमा मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । गाजाका अस्पतालहरूले आक्रमणमा मृत्यु भएकाहरुको शवको पहिचा भईसकेको जनाइएको छ ।

तेहरानको स्ट्रेट अफ होर्मुजमा आवागमन स्वतन्त्रतालाई धम्की दिने क्षमतालाई अझ कम गर्न, व्यावसायिक जहाज र नागरिक चालक दलहरूमा आक्रमण गरे पछि युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले  इरानको बिरूद्ध थप आक्रमण गर्न थालेको घोषणा गरेको छ  । 

 सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा युएस सेन्टकमले  ‘कमान्डर इन चिफ’ को निर्देशनमा, युएस सेन्ट्रल कमान्ड फोर्सहरूले होर्मुजको जलमार्गमा इरान विरुद्ध थप आक्रमण गर्न थालेको जनाइएको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) ले बिहीबार उत्तरी जोर्डनमा रहेको अमेरिकी अल–अजराक एयर बेसमा १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

वासिङ्टनले तेहरानमा गरेको आक्रमणको प्रतिक्रियामा यी जवाबी आक्रमणहरू भएको आइआरजिसीले जनाएको छ ।

इरानको सरकारी  मिडिया इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) ले आइआरजिसीले मिसाइल आक्रमणलाई संयुक्त राज्य अमेरिकाको आक्रमणको प्रतिक्रियाको ‘दोस्रो चरण’ को रूपमा वर्णन गरेको छ । 

आईआरजिसीले अमेरिकी सैन्य कारबाहीले यस क्षेत्रका अमेरिकी सुविधाहरूमा थप आक्रमणहरू निम्त्याउने चेतावनी दिँदै विज्ञप्ति जारी गरेको छ । रासस

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : ५६ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस