युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु « Khabarhub

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको अल जजिराले गाजाको नागरिक सुरक्षा एजेन्सी र स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

इजरायली ड्रोनले मध्य गाजाको नुसिरात शिविरमा प्रहार गरे पछि दुई जनाको मृत्यु भएको र अन्य चार जनाको यस क्षेत्रका विभिन्न भाग भएको आक्रमणमा परीमा मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । गाजाका अस्पतालहरूले आक्रमणमा मृत्यु भएकाहरुको शवको पहिचा भईसकेको जनाइएको छ ।

तेहरानको स्ट्रेट अफ होर्मुजमा आवागमन स्वतन्त्रतालाई धम्की दिने क्षमतालाई अझ कम गर्न, व्यावसायिक जहाज र नागरिक चालक दलहरूमा आक्रमण गरे पछि युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले  इरानको बिरूद्ध थप आक्रमण गर्न थालेको घोषणा गरेको छ  । 

 सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा युएस सेन्टकमले  ‘कमान्डर इन चिफ’ को निर्देशनमा, युएस सेन्ट्रल कमान्ड फोर्सहरूले होर्मुजको जलमार्गमा इरान विरुद्ध थप आक्रमण गर्न थालेको जनाइएको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) ले बिहीबार उत्तरी जोर्डनमा रहेको अमेरिकी अल–अजराक एयर बेसमा १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

वासिङ्टनले तेहरानमा गरेको आक्रमणको प्रतिक्रियामा यी जवाबी आक्रमणहरू भएको आइआरजिसीले जनाएको छ ।

इरानको सरकारी  मिडिया इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) ले आइआरजिसीले मिसाइल आक्रमणलाई संयुक्त राज्य अमेरिकाको आक्रमणको प्रतिक्रियाको ‘दोस्रो चरण’ को रूपमा वर्णन गरेको छ । 

आईआरजिसीले अमेरिकी सैन्य कारबाहीले यस क्षेत्रका अमेरिकी सुविधाहरूमा थप आक्रमणहरू निम्त्याउने चेतावनी दिँदै विज्ञप्ति जारी गरेको छ । रासस

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको