गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ?  « Khabarhub

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध गरेको आक्रोशमा सांसदहरूलाई  जवाफ दिएका छन् । 

शुक्रबार प्रतिनिधि सभामा बोल्दै मन्त्री गुरुङले ट्राफिकले ह्वील लक नगरि नगर प्रहरीले लगाएको बताउँदै स्थानीय सरकार कसको हो र ह्वील लक कसले गरेको भन्दै प्रश्न गरे । 

‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो, अनि एउटा स्थानीय सरकार भयो’, उनले भने, ‘जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? ह्वील लक लगाएको छ ? नगर प्रहरीले लगाएको छ ।’ 

 उनले विपक्षी राजनीतिक दललाई भने दुई तहको सरकार उनीहरूसँग नै भएको भन्दै अहिलेको नियम कानुन आफूहरूले बनाएको हो भनेर प्रश्न गरे । 

साथै, उनले विपक्षीहरूले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरेको पनि बताए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : ०५ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका