काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त गरेका छन् । सांसदहरूले अगाडि एउटा बोल्ने र पछाडि अर्को बोल्ने गरेको उनले बताए ।
‘साथीभाइ माननीयज्युहरू जे अगाडि बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ, अगाडि जसरी बोल्नुभाछ, त्यसरी नै पछाडि बोल्नुपर्यो’, उनले भने’, अगाडि आउनुहुन्छ माननीयहरूले एकदमै घुलमिल गरेर बोल्नुहुन्छ, पछाडि गएर के गरेर बोल्नुभएको त्यो ? सदनमा जे बोल्नुहुन्छ बाहिर पनि त्यसरी नै ट्रिट गरेर बोल्नु न अनि पो हामीलाई थाहा हुन्छ त ।’
अगाडि एउटा बोलेको र पछाडि अर्को बोलेको आफूहरूलाई मन नपर्ने पनि उनले बताए ।












प्रतिक्रिया