यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ « Khabarhub

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।

नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमानदार प्रयासको आवश्यकता औँल्याए ।

मुख्यमन्त्री बानियाँ भने, ‘प्रदेशका विभिन्न जिल्लामा पर्ने सडकको स्तरोन्नति, कालोपत्रे, पक्की पुल निर्माण गर्ने स्पष्ट नीति हामीले अघि सारेका छौँ ।’

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रुपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो औल्याए । 

हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीना लामाले लगानीकर्ता आफ्नो सवारीसाधनको सम्पूर्ण जिम्मेवारी बोकेको सवारी चालक र सहचालकको हकहित र अधिकारका लागि विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताइन् ।

त्यस अवसरमा हेटौँडा उपमहापालिका–५ यातायात व्यवसायी स्व श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल र पूर्वप्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरियो । 

अधिवेशनमा उक्त सङ्घको नयाँ नेतृत्वको चयन गर्ने सङ्घका महासचिव सरोज खनालले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : १४ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको