गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह « Khabarhub

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना सेलाउन नपाउँदै सर्लाहीमा यस्तै प्रकृतिको घटना बाहिरिएको छ । सर्लाही-४ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद सिंहले आत्मदाह गरेको सूचना पाएलगत्तै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको जनाएका छन् । गम्भीर अवस्थामा रहेका मण्डलको थप उपचार र उद्धारका लागि प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र पार्टी सभापति रवि लामिछानेलाई सम्पर्क गरी वस्तुस्थितिबारे अवगत गराएको सिंहले जनाएका छन् ।

उनले घाइते मण्डलको अवस्था नाजुक रहेकाले तत्कालै सरकारीस्तरबाट उद्धार र निःशुल्क उपचारको व्यवस्था मिलाइदिन समेत विशेष अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : १९ बजे

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय