जापानमा चिनियाँ मूलका अपराधी पक्राउ « Khabarhub

जापानमा चिनियाँ मूलका अपराधी पक्राउ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापान प्रहरीले एशियाकै ठूलो मध्येको एक आपराधिक संगठनका वरिष्ठ सदस्य मानिने ४४ वर्षीय चिनियाँ मूलका साइप्रसका नागरिक हु सीलाई पुन: पक्राउ गरेको छ । टोकियो र ओसाका प्रहरीको संयुक्त टोलीले उनलाई आफ्नो ‘रेसिडेन्ट कार्ड’ (आवासीय पत्र) अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको आरोपमा पक्राउ गरेको हो ।

यसका साथै, उनको उक्त कार्ड प्रयोग गरेर सरकारी कार्यालयमा झुटा विवरण पेस गरेको आरोपमा अन्य तीन जना चिनियाँ नागरिकलाई पनि पक्राउ गरिएको छ । कम्बोडियामा रहेको र अमेरिका तथा बेलायतद्वारा प्रतिबन्धित ‘प्रिन्स होल्डिङ ग्रुप’ नामक ठूलो आपराधिक नेटवर्कमा आबद्ध हु सी जापानमा उच्च दक्ष कामदारको भिसामा बस्दै आएका थिए।

गत महिना पनि उनलाई गलत ठेगाना पेस गरेको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीले उनी जापानलाई आफ्नो आपराधिक गतिविधिको केन्द्र बनाउन खोजिरहेका थिए कि भन्ने कोणबाट अनुसन्धान गरिरहेको छ, जबकि हु सीले भने आफू सुरक्षित रूपमा बस्न मात्रै चाहेको दाबी गरेका छन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ११ बजे

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा देवीनाच अवलोकन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वका अवसरमा हनुमानढोकामा आयोजित