अर्थ समाचार : एनसेलको शेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गरिने, नेप्से झिनो अंकले बढ्यो र भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो’ « Khabarhub

अर्थ समाचार : एनसेलको शेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गरिने, नेप्से झिनो अंकले बढ्यो र भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो’


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।

समितिको प्रतिवेदनअनुसार एनसेल आजियाटा साविकको स्पाइस सेल प्रालिका रूपमा विसं २०५८ मा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद–बिक्री भएको छ ।

तीमध्ये अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत भएको र त्यससँग सम्बन्धित सम्पूर्ण अभिलेख तथा विवरण नेपालका सम्बन्धित आधिकारिक निकायमा पेश भएको नदेखिएको समितिको निष्कर्ष छ । कतिपय नेपाली शेयरधनीको कारोबारको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणालीमार्फत नभई विदेशमा भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

नेप्से परिसूचक झिनो अंकले बढ्यो
धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अंकले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अंकले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अंकले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १५६ दशमलव ४७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ ।

अण्डाको समर्थन मूल्य बढ्यो

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ । एक्सपोमा विभिन्न ब्राण्डका नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिनुका साथै बिक्री तथा बुकिङका लागि स्टल राखिएका छन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने एक्सपोमा स्कुटर, कारदेखि बससम्मका विभिन्न प्रकारका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । सहभागी कम्पनीहरूले आफ्ना नयाँ तथा आकर्षक मोडलका सवारीसाधन प्रदर्शनीमा राखेका छन् ।

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा





प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : १० बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री