प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग « Khabarhub

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् । 

शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरुको सहयोगका लागि सचिव पौडेलले सहयोग रकमको चेक भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरे । 

बाढीपीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले चालेका हरेक कदममा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सचिव पौडेलले बताए ।

उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनस्थापनका लागि खुलेर सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई आह्वानसमेत गखे ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १२ : ०५ बजे

१४ जना यात्रु सवार जेट बोट सप्तकोशीमा दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा