सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई  « Khabarhub

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ । 

संस्थाका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएपछि सिबिफिनको अध्यक्ष पद रिक्त हुन पुगेको थियो ।

रिक्त रहेको उक्त पदमा आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्मका लागि संस्थाको नेतृत्व सम्हाल्ने गरी उपाध्यायलाई सर्वसम्मत रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले गरेको हो ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत हुन् । उनी नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील छन् । 

सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्‍याउँदै आएका उपाध्यायको अनुभवले संस्थाको आगामी यात्रालाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

वर्तमान जटिल आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरू समाधान गर्न र बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता एवं दिगो विकासका लागि उनको नेतृत्व प्रभावकारी हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  २ : ४५ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी