दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती « Khabarhub

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ । नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास नेपाल आयात भएको हो ।

निगमको विवरणअनुसार उक्त अवधिमा कुल ४ हजार ९००.२ मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ । भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ सिलिन्डर र भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन अर्थात् १ लाख २८ हजार ३३२ सिलिन्डर बराबरको ग्यास आयात भएको छ ।

दुई दिनको अवधिमा वीरगन्ज नाकाबाट सबैभन्दा बढी ग्यास भित्रिएको छ । वीरगन्जबाट मात्रै २ हजार ९२६.११ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ ।

त्यस्तै, भैरहवा नाकाबाट ७०२.५९ मेट्रिक टन, विराटनगरबाट ६५१.६३ मेट्रिक टन, नेपालगन्जबाट ५३०.८३ मेट्रिक टन र मेची नाकाबाट ८९.०४ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ ।

नेपाल आयल निगमले सीमा नाकाबाट भइरहेको ग्यास आयातले बजारमा एलपी ग्यासको सहज आपूर्ति कायम गर्न सहयोग पुग्ने जनाएको छ ।

तर, ठूलो परिमाणमा ग्यास नेपाल भित्रिए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन् । पछिल्लो समय बजारमा एलपी ग्यासको अभाव देखिएको छ भने कतिपय ठाउँमा ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था छ ।

उपभोक्ताहरूले सिलिन्डर ग्यास पाउनुभन्दा पनि ग्यास वितरणका लागि आवश्यक कुपन लिन नै सास्ती भइरहेको गुनासो गरेका छन् ।

बजारमा पर्याप्त ग्यास भित्रिएको तथ्यांक सार्वजनिक भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्दा आपूर्ति प्रणाली र वितरण व्यवस्थापनप्रति प्रश्न उठेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १० : ११ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत