बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति « Khabarhub

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । 

बाढीले जलविद्युत आयोजनाका मुख्य क्याम्प क्षेत्र, बेलिब्रिज, पहुँच सडक तथा निर्माण उपकरण र सामाग्रीहरू बगाएको र क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इप्पान)ले जनाएको हो ।

टाइम्स इनर्जी प्रालि प्रवर्धक रहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बाढीले बगाएको छ । 

त्यसैगरी, दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २४.५ मेगावाटको दोभान खोला जलविद्युत आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुग्नुका साथै बेलिब्रिज बाढीले बगाएको इप्पानले जनाएको छ ।

यस्तै, यारु हाइड्रो पावर प्रवर्धक रहेको ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामाग्री तथा उपकरणहरू बाढीले बगाएको छ । 

वाटर इनर्जी डेभलपमेन्ट प्रवर्धक रहेको १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनाको भने पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ११ : २४ बजे

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी

बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार

काठमाडौं– बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा