टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ? « Khabarhub

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा दसैँ तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ । 

टेलिकमका अनुसार सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन् । 

यस अफर अन्तर्गत असोज २५ देखि कार्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क ५०० रुपैयाँ मिनाहा गरिने छ । त्यसै गरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरूलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ । यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ । भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिनेका लागि १००० रुपैयाँ छुट पहिले देखि नै उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

अफर अन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँ मा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँ १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ । 

फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।

यसका साथै २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट र ९९ मा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ । यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । 

आगामी २०८३ असोज ३० देखि कार्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरूले यो अफर अन्तर्गतको सुविधा लिन सक्नेछन् । 

आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरेर वा ’नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरू खरिद गर्न सकिनेछ । 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १२ : ३७ बजे

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको