रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी « Khabarhub

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ जवाफ दिने दृढता जनाएको छ। गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै घटनालाई ‘युद्ध अपराध’ भनेको छ।

कूटनीतिक स्रोतका अनुसार विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरिएको थियो। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमा चार साउदी नागरिकसहित बङ्गलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका नागरिक छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। आक्रमणपछि विमानस्थलको सञ्चालन रोकिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार आन्तरिक उडान टर्मिनलमा क्षेप्यास्त्र प्रहार हुँदा यात्रु घाइते भएका थिए र मानिस ज्यान जोगाउन भागाभाग गरेका थिए। घाइतेमध्ये मक्का जान लागेका तीर्थयात्रीसमेत रहेको चिकित्सकले बताएका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सर्वसाधारण यात्रु र विमानस्थलका कर्मचारीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई जवाफदेही बनाउने बताएका छन् ।

यसअघि गठबन्धनले साउदी अरबतर्फ प्रहार गरिएका क्षेप्यास्त्र रोकिएको र प्रक्षेपणस्थल नष्ट गरिएको दाबी गरेको थियो। शनिबारको आक्रमणको जिम्मेवारी हुथीले तत्काल लिएका छैनन्। घटनापछि रियादका विद्यालयले एक साताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्।

अमेरिका, क्यानडा, जर्मनी र स्पेनका दूतावासले पनि आफ्ना नागरिकलाई विमानस्थल नजान चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्धको सैन्य कारबाहीमा अमेरिका सहभागी हुन सक्ने सङ्केत गर्दै साउदी अरबमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि घटनाको निन्दा गर्दै साउदी अरबको सुरक्षाप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्‍याएका छन् । यमनमा साउदी समर्थित सरकारी फौज र हुथी विद्रोहीबीचको द्वन्द्व चर्किरहेका बेला भएको यस आक्रमणले क्षेत्रीय तनाव थप बढ्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : २६ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित