काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि चर्चामा आएका छन् । सामाजिक सञ्जालमा भाइरल भिडियोमा कलाल बच्चाझैँ क्वाँ-क्वाँ रोइरहेको देख्न सकिन्छ । युट्युबर ध्रुव राठीको समर्थन गर्दै सार्वजनिक गरेको भिडियोमा उनी यसरी रोएका हुन् ।
भिडियोमा आँसु बगाउँदै कलालले देशको अवस्था निकै खराब रहेको र सत्यका लागि लड्नेहरूलाई सबैले साथ दिनुपर्ने बताएका छन् । ध्रुव राठीको समर्थनमा उनको रुवाबासीले उनका फलोअरहरु भने अचम्ममा परेका छन् । भिडियोमा उनले ध्रुव राठी टाढाबाट आएकाले उनलाई सम्मान गर्नुपर्ने माग समेत राखेका छन्।
भिडियोमा उनले आफूलाई समर्थन गर्नेहरूलाई फ्लाइङ किस समेत दिएका छन् । कलालको ओभरएक्टिङलाई लिएर भारतीय सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ ।
यसअघि शनिबार प्रहरीले ध्रुव राठीलाई पक्राउ गरेको थियो । दिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित प्रदर्शनअघि पक्राउ परेका राठीलाई प्रहरीले रिहा गरिसकेको छ ।














प्रतिक्रिया