‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल « Khabarhub

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले पार्टीमा पुस्तान्तरण र नयाँ सोचसहितको नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताएका छन्।

ज्येष्ठ प्रतिनिधिमध्येका एक बरालले अनुभवको सम्मान गर्दै युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिएका हुन्।

२००३ सालमा जन्मिएका पोखरा महानगरपालिका–७ मासबारका बरालले वडा सभापतिदेखि क्षेत्रीय सभापति हुँदै प्रजातान्त्रिक सेनानीको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

लामो राजनीतिक यात्रा तय गरेका बरालले बीपी कोइरालाको विचार र आदर्शलाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढाउनुपर्ने धारणा राखेका छन्।

“समय बदलिएको छ, जनताका अपेक्षा फेरिएका छन् र देशले नयाँ सोच तथा कार्यशैली खोजिरहेको छ,” बरालले भने, “पुरानै ढर्राले अब राजनीति चल्न सक्दैन। युवाको जोस र ज्येष्ठ पुस्ताको अनुभवबीच समन्वय गरेर पार्टी अघि बढ्नुपर्छ।”

१२ वर्षकै उमेरमा वैवाहिक जीवनमा बाँधिएका बराल दुई पनातिसम्मको विस्तारित परिवारका ज्येष्ठ सदस्य हुन्।

व्यापार-व्यवसायसँगै लामो समय राजनीतिमा सक्रिय रहेका उनले नेतृत्वको बहस उमेरमा मात्र सीमित नभई अनुभवको सदुपयोग र नयाँ पुस्तालाई जिम्मेवारी दिने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : ५६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा