सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ « Khabarhub

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी ८४ लाख ७६ हजार ७०० बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गर्ने तथा चोरी गरिएका सुनका गरगहना खरिदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको धुनिबेँसी नगरपालिका–१, छात्रेदेउरालीका २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, दोलखाको भीमेश्वर नगरपालिका–७, मकैबारीकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६, एकम्बाका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौँ महानगरपालिका–१३, ताहाचलका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२, चारघरेका ४५ वर्षीय जितबहादुर विश्वकर्मा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घरमा कोही नभएको मौका छोपी उनीहरू घरभित्र प्रवेश गरी सुनका गरगहना, ल्यापटप र नगद चोरी गरेर फरार भएका थिए । उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोज तलास गर्ने क्रममा पाँच जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको छ ।

त्यसैगरी, चाँदीका औँठी दुई थान, डेल कम्पनीको ल्यापटप एक थान, विभिन्न कम्पनीका मोबाइल तीन थान, फलामको औजार एक थान र नेपाली नगद रु दुई लाख ७० हजारसमेत बरामद गरिएको कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, बरामद सुनका गरगहनाको कूल तौल छ तोला ८९ लाल रहेको छ । चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी गर्ने क्रममा उनीहरूबाट चोरीका सामानसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : ३४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल