काठमाडौँ– अञ्जली दिदीले यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेकी छन् । उनले विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी छन् ।
भाइटीका केवल परम्परा निर्वाह गर्ने पर्व मात्र नभई आपसी श्रद्धा, माया र भावनासमेत साटासाट गर्ने उत्सव भएको उनले बताइन् । यही भावनालाई आत्मसात् गर्दै कसैको पनि निधार खाली नरहोस् भन्ने उद्देश्यले हरेक वर्ष सामूहिक भाइटीका आयोजना गर्दै आएको उनको भनाइ छ ।
सामूहिक भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता र सद्भाव बढाउनुका साथै भाइटीका लगाउन दिदीबहिनी नभएकाहरूलाई पनि पर्व मनाउने अवसर प्रदान गर्दै आएको छ ।





















प्रतिक्रिया