पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण « Khabarhub

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । केही वर्षअघि घरायसी उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएका किसानहरू अहिले यसलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्न थालेका छन् ।

वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्ने उद्देश्यसहित मौसमी तथा बेमौसी तरकारी खेती सुरु गरेको सरावल गाउँपालिका–५ बडहरा निवासी रामद्रश केवटले बताए ।

सरावल गाउँपालिकाबाट तरकारी खेतीसम्बन्धी आठ दिने तालिम लिएपछि तीन वर्षदेखि व्यावसायिक रूपमा खेती गर्दै आएको केवटको भनाइ छ ।

आफू तरकारी खेतीमा संलग्न भएकै कारण छोरालाई पनि कृषि विषयमा स्नातक अध्ययन गराएको उनले जानकारी दिए । अन्नबालीको तुलनामा तरकारी खेतीबाट बढी आम्दानी लिन सकिने भएकाले काँक्रो, मुला, भन्टा, साग, काउली, खुर्सानीलगायतका तरकारी खेती गर्दै आएको उनले बताए । 

पाँच कठ्ठा जमिनमा भारतबाट ल्याइएको ‘साहु’ जातको टमाटर खेती गरिएको र घरपरिवारसँगै बसेर वार्षिक करिब छ लाख बराबरको आम्दानी गर्दै आएको केवटले भने।

पाल्हीनन्दन गाउँपालिका–५ का महेन्द्रप्रसाद गुप्ता विगत २० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । अन्नबालीको तुलनामा तरकारी खेतीमा आम्दानी बढी हुने भएकाले यसमै संलग्न भएको उनको भनाइ छ । यद्यपि गत वर्ष तरकारीको मूल्य घट्दा करिब डेढ लाखको तरकारी बिक्री गर्दा घाटा बेहोर्नुपरेको गुप्ताले जानकारी दिए ।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–३ निवासी मुकेश हरिजनले रामग्राम नगरपालिका–१७ मा विगत तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । १८ कठ्ठा जमिनमा खेती गरिएको काउलीबाट हालसम्म करिब रु डेढ लाखको बिक्री भइसकेको उनले बताए ।

रामग्राम नगरपालिका–१७ पिपरहिया र पाल्हीनन्दन गाउँपालिका–५ गेरमी क्षेत्र कृषि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।

सरकारले खेतमै विद्युत् पोल गाडेर तार विस्तार गरी कृषि मिटरको व्यवस्था गरेपछि सिँचाइ खर्च सस्तो भएको र थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक तरकारी खेतीप्रति किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए । 

जिल्लामा हाल दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ । रासस

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ५४ बजे

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन

विद्युत् नियमन आयोगको पदाधिकारी पदपूर्तिका लागि उर्जा मन्त्रालयले माग्यो आवेदन

काठमाडौं– विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि उर्जा, जलस्रोत तथा

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

तेहरान- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा

बढ्दै सभामुख-प्रतिपक्षी तनाव : संसद्‍मा प्रधानमन्त्रीको खोजी हुँदा एमाले सांसदसँग नोकझोंक

काठमाडौं- पछिल्ला केही सातायता प्रतिनिधि सभामा प्रतिनपक्षी दलले सरकारलाई निरन्तर

साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं– भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको