पशुपन्क्षीमा जथाभाबी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह « Khabarhub

पशुपन्क्षीमा जथाभाबी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडाैँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो ।

बिरामी पशुपन्क्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले समस्या घट्नुको साटो बढ्दै गएको सरोकारवालाको भनाइ छ ।  

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा गणेश पुनले पशुपालन गर्ने किसानले सम्बन्धित भेटेरिनरीसँग परामर्श गरेर मात्र औषधि प्रयोग गर्न आग्रह गरे । उनले बजार अनुगमनका क्रममा अनुगमनकर्तालाई अधिकार प्रत्यायोजन गर्न सके केही मात्रामा सुधार आउने उल्लेख गरे  । 

भेटेरिनरी अस्पतालका अधिकृत भोजराज रावलले अनुगमन टोलीले दिएको निर्देशन खाद्य व्यवसायीले पालना नगर्ने भेटिएकाले यसमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलले भारतबाट अवैध रूपमा भित्रने कुखुरा तथा माछा दाना र अण्डालाई रोक्न नसक्दा समस्या बढ्दै गएको गुनासो गरे । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले खाद्य वस्तुको स्वच्छता बिगार्ने प्रमुख कारकतत्व भौतिक, रासायनिक र जैविक भएकाले खाद्य सुरक्षामा गम्भीर बन्नुपर्नेमा जोड दिए  । यसको असर पाँच वर्षमुनिका बालबालिकामा पर्ने तथ्याङ्कले देखाएको उनले जानकारी दिए । 

उनले दूषित खाद्यपदार्थ बिक्री वितरण पूर्ण रूपमा बन्द गरिनुपर्नेमा जोड दिँदै न्यूनस्तरको खाद्य पदार्थ बिक्री गर्ने, झुक्काइ खाद्य पदार्थ बिक्री गर्ने र लेबल नलगाई उत्पादन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय प्रतिबद्ध हुन जरुरी रहेको बताए ।

कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा आयोजनाका राष्ट्रिय कार्यक्रम संयोजक डा साकार सिवाकोटी, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईले सहजीकरण गरेका थिए  ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ०० बजे

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या