काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका सभापति सबुजकृष्ण बानियाँ बनेका छन् ।
महाधिवेशन आयोजकले बानियाँलाई महाधिवेशन उद्घाटन समारोहको सभापति बनाएको हो । महाधिवेशनमा सहभागी भएका अन्य सबै पार्टीका नेताहरूलाई अतिथिको रूपमा सहभागी गराइएको छ ।
कांग्रेसको विशेष महाधिवेशनमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व अर्थमन्त्री महेश आचार्य, लगायतका थुप्रै वरिष्ठ नेता लगायत थुप्रै नेताहरू सहभागी भएका छन् ।













प्रतिक्रिया