सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी « Khabarhub

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ । 

इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार संसद्मा सम्बोधन गर्दै यदि अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध आक्रमण गर्‍यो भने अमेरिकी सेना र इजरायल दुवै ‘वैध लक्ष्य’ बन्ने बताए  ।

यो टिप्पणीसँगै इरानले सम्भावित जवाफी कारबाहीको सूचीमा पहिलो पटक खुलेर इजरायललाई पनि समेटेको छ । संसद् बैठकका क्रममा केही सांसदहरू मञ्चतर्फ उक्लिँदै ‘अमेरिका मुर्दावाद !’ भन्ने नारा लगाएका थिए, जसलाई कालिबाफले समर्थनपूर्ण चेतावनीका रूपमा प्रस्तुत गरे  ।

उनको भनाइ अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए हस्तक्षेप गर्न सक्ने चेतावनी दिएलगत्तै आएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य विकल्पहरूबारे जानकारी गराइए पनि अन्तिम निर्णय भइसकेको छैन ।

यसैबीच, इरानको नेतृत्वले देशभित्रको अशान्तिलाई बाह्य शक्तिद्वारा उक्साइएको दाबी गर्दै सुरक्षा निकायलाई कडा कदम चाल्न तयार रहन निर्देशन दिएको छ । इरान र अमेरिकाबीच बढ्दो तनावले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउने चिन्ता अन्तर्राष्ट्रियस्तरमा व्यक्त हुन थालेको छ । रासस
 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ३० बजे

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला